नियम
पदपूर्ति समिति

सैनिक प्राड सेवाको देहायको पदमा उम्मेदवार छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछः–
(क) उपसेनानी पदको लागि,–
(१) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य –अध्यक्ष
(२) मन्त्रालयको सचिव –सदस्य
(३) कार्यरथी –सदस्य
(४) प्रधान सेनापतिले तोकेको प्रथम श्रेणीको प्राड अधिकृत –सदस्य
(५) निर्देशक, भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव
(ख) जमदार पदको लागि,–
(१) निर्देशक, भर्ना छनौट निर्देशनालय –अध्यक्ष
(२) प्रतिनिधी (अधिकृत) लोक सेवा आयोग –सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय –सदस्य
(४) प्रतिनिधि (अधिकृत), प्राड विवाक –सदस्य
(५) अधिकृत, भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव